काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो वेबसाइटमा नेपाल भ्रमण बर्ष, २०२० को लोगो र सचिवालयको वेबसाइटको लिंक राख्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गरी पर्यटन आगमन बढी हुने ठाउँमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण बर्ष२०२० को सचिवालयसँग समन्वय गरी शौचालय, डष्टबिन, पानी तथा विश्रामस्थल बनाउनका लागि सहयोग गर्न पनि आग्रह गरेको छ ।
राष्ट्र बैंकले बैंकहरुलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो काम गर्न आग्रह गरेको हो ।