काठमाडौं - प्रहरीले एक किलो नक्कली सुनसहित नयाँ बसपार्कबाट दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय वृत्त महाराजगंजको टोलीले नयाँ बसपार्कस्थित तनहुँ होटलबाट सोमबार राति दुई जनालाई पक्राउ गरेको हो। वृत्तका डिएसपी उमेश लम्सालले मोरङका २२ वर्षीय भुपाल लिम्बु र पाँचथरका २४ वर्षीय अरुण राईलाई पक्राउ गरेको जानकारी दिए।
नक्कली सुन बिक्री भैरहेको भन्ने सूचनाका आधारमा प्रहरी आफै ग्राहक बनेर उनीहरुलाई पक्राउ गरेको लम्सालले जानकारी दिए। प्रहरीले ४५ लाखमा उक्त सुन किन्न डिल गरेको थियो। सिन्धुपाल्चोकबाट नक्कली सुन ल्याएर बिक्री गर्न खोजेको प्रहरीले जनाएको छ।