मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘सूचना प्रविधि विधेयकविरुद्ध कांग्रेस सडक संघर्षमा जान्छ’

‘सूचना प्रविधि विधेयकविरुद्ध कांग्रेस सडक संघर्षमा जान्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएको छ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी सूचना प्रविधि विधेयक यही रुपमा पारित गर्न खोजिए सडक संघर्षमा जान कांग्रेस तयार रहेको बताए।

‘जनताले सरकारमाथि व्यंग्य गर्न नपाउने ? सरकारको आलोचना गर्न नपाउने ? आलोचना गरेवापत जेल जानुपर्ने ?’ शर्माले भने, ‘यस्तो कुरा मान्य हुँदैन। सबैले बोल्नुपर्छ।’

यसैगरी, कांग्रेसले एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने माग गरेको छ। सरकारबाट सम्झौता अवरुद्ध गरिएकोमा कांग्रेसले विरोध जनाएको छ।

कांग्रेसले उखु किसानको आन्दोलनमा समर्थन जनाएको छ भने किसानहरुको रकम तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

प्रदेश ३ को नामांकन र राजधानीका विषयमा नेकपा सचिवालयले निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको कांग्रेसले टिप्पणी गरेको छ । संघीयताको मर्मविपरीत नेकपाले प्रदेश ३ सभालाई निर्देशन दिएको शर्माले तर्क गरे।

यसैगरी, नेपाल ट्रष्टको जग्गाको विषयमा छानविन हुनुपर्ने पनि उनले माग गरे।

नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारलाई कांग्रेसले शुभकामना दिएको छ। कांग्रेसले स्वदेश र विदेशमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित: Dec 31, 2019| 10:39 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।