मंगलबार, भदौ २, २०८३

'कालापानीमा भारतीय अवरोध'

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई भारतले कालापानीमा रोकेको बताएकी छन्।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई भारतले कालापानीमा रोकेको बताएकी छन्।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको मंगलबारको बैठकमा उनले भनिन्, ‘नेपाली टोली नाप्दै कालापानीमा पुगेपछि भारतीय पक्षबाट अवरोध भयो। अब कूटनीतिक माध्यमबाट समाधानमा जाने भन्ने छ ।’

भारतको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारततर्फ पारेपछि नेपालले विरोध गरेको छ।

मन्त्री अर्यालका अनुसार नापी विभागले सीमा निरीक्षण तथा नापजाँचको काम गरिरहेको छ।

प्रकाशित: Dec 31, 2019| 10:14 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।