मंगलबार, भदौ २, २०८३

एनसेलले तिर्‍याे साढे चार अर्ब लाभकर

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकर बाफतको साढे चार अर्ब रुपैयाँ तिरेको छ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकरबापतको साढे चार अर्ब रुपैयाँ तिरेको छ।

ठूला करदाता कार्यालयलाई मंगलबार उक्त रकम तिरेको कार्यालयले जानकारी दिएको छ। कार्यालयका सूचना अधिकारी देवीराम शर्माले एनसेलले चार अर्ब ५० करोड रुपैयाँ लाभकरबापत बुझाएको बताए।

कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र बुझाउन मंसिर २२ गते पत्राचार गरेको थियो।

शर्माले एनसेलले आगामी असारसम्म सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेर निवेदन दिएको जानकारी दिए। निवेदनमाथि कुनै निर्णय भइसकेको छैन।

प्रकाशित: Dec 31, 2019| 09:31 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।