मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको अनिर्णयले संसद् बन्धक, बैठक ११ दिनलाई स्थगित

नेकपाको अनिर्णयले संसद् बन्धक, बैठक ११ दिनलाई स्थगित

सत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा भोलि (बुधबार) का लागि डाकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा भोलि (बुधबार) का लागि डाकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

उम्मेदवार टुंगो लगाउन नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड आज बालुवाटारमा बैठक बसेका थिए। तर, बैठकमा सहमति नजुटेको स्रोतले बताएको छ। यसबारे थप छलफल गर्ने भन्दै बैठक सकिएको बताइएको छ ।

सभामुखमा पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षले दाबी गर्दै आएका छन्। प्रधानमन्त्री ओलीले पूर्वसभामुख एवम् स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई अगाडि सारेका छन् भने पूर्वमाओवादी पक्षधरले स्थायी कमिटी सदस्य अग्नि सापकोटाको पक्षमा अडान राखेको छ । उता, उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि सभामुखमा आफ्नो स्वभाविक दाबी रहने बताउँदै आएकी छन्।

पार्टीबाट सभामुखको उम्मेदवार को हुने भन्ने विषयमा नेकपाले निर्णय गर्न नसक्दा लगातार दोस्रो पटक संसद बैठक सूचना टाँसेर स्थगित भएको हो। यसअघि पुस ११ गतेका लागि डाकिएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो।

एउटा पार्टीको अनिर्णयका लागि जनताको आवाज मुखरित हुने थलो संसद् बन्धक बनेको भन्दै प्रतिपक्षी दलहरुले आलोचना गर्दै आएका छन्।

भोलिका लागि डाकिएको बैठक ११ दिनका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक २७ पुस आइतबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित: Dec 31, 2019| 09:29 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।