काठमाडौं– काठमाडौंमा जारी उखु किसानहरुको आन्दोलनलाई राष्ट्रिय मानव अधिकार आयोगले साथ दिएको छ। आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उखु किसानहरुको पैसा दिलाउन सरकारसँग आग्रह गरेको छ।
उखु किसानहरुको आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले अहिलेसम्मको प्रगतिबारे कृषि र उद्योग मन्त्रालयसँग जानकारीसमेत माग गरेको छ।
यसैगरी, आयोगको टोलीले प्रदेश २ मा पीडित किसानहरुसँग भेटी छलफल पनि अगाडि बढाएको छ। आयोगले नेपाल सरकार, चिनी उत्पादक र सम्बन्धित पक्षलाई उखु किसानहरुको मौलिक हक र मानव अधिकारको संरक्षण गर्नसमेत आग्रह गरेको छ।