आइतबार, चैत ८, २०८२

चिनी मिल सञ्‍चालक पक्राउ गर्न प्रहरी परिचालन

 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– उखु किसानको पैसा नतिरेका चिनी मिल मालिकहरुलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ। गृह मन्त्रालयको आदेशअनुसार नेपाल प्रहरीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुलाई चिनी मिल सञ्चालक पक्राउ गर्न पत्राचार गरेको हो।

National life

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार गृहले चिनी मिल मालिकहरुलाई उपस्थित गराइदिन आग्रह गरेको थियो। सोही बमोजिम सम्बन्धित प्रहरी कार्यालयहरुलाई मंगलबार पत्राचार गरिएको थापाले जनाए।

किसानबाट उखु लिए पनि चिनी मिलका मालिकहरुले किसानको रकम दिएका छैनन्। सोही माग लिएर किसानहरुले काठमाडौंमा प्रदर्शन जारी राखेका छन्।

हिजाेमात्रै कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले किसानको उखुको मूल्य नतिरेर चिनी मिलका सञ्चालकहरू भागेको बताएका थिए।

प्रकाशित: Dec 31, 2019| 09:08 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।