मंगलबार, भदौ २, २०८३

प्रदेश नामाकरण र स्थायी राजधानी तोक्न छलफल सुरु

प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न छलफल सुरु भएको छ ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

जनकपुरधाम– प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न छलफल सुरु भएको छ । नामाकरण र स्थायी राजधानीसम्बन्धी प्रस्ताव दर्ता भएको झण्डै चार महिनापछि विशेष संसदीय समितिले छलफल सुरु गरेको हो ।

समितिको पहिलो बैठक बसेको एक महिनाभित्र नामाकरण र राजधानीबारे टुंगो लगाउनुपर्ने व्यवस्था छ । तीन दिनअघि समितिको पहिलो बैठक बसेकोले एक महिनाभित्र नामाकरण र स्थायी राजधानीबारे निर्णय हुने बताइएको छ ।

सभामुख सरोज यादवको संयोजकत्वमा गठित विशेष समितिले मंगलबार नामाकरण र राजधानीबारे प्रस्ताव दर्ता गराएका विभिन्न दलका प्रस्ताव र समर्थकहरुसँग छलफल गर्दैछ । प्रदेशको नामाकरणबारे फरक फरक प्रस्ताव दर्ता भएपछि छलफलबाट सहमतिको प्रयास गरिने बताइएको छ ।

प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न प्रक्रिया सुरु भइसकेको विशेष समितिका संयोजक समेत रहेका सभामुख यादवले जानकारी दिए । समितिको पहिलो बैठक सुरु भएको एक महिनाभित्र टुंगो लगाउनुपर्ने व्यवस्थाअनुसार प्रदेशले अब स्थायी राजधानी र नाम पाउने करिब करिब पक्का रहेको उनले बताए ।

राजधानीबारे सबै दलको एकमत देखिए पनि नामाकरणबारे मतभिन्नता कायमै रहेको छ । प्रदेशको नामाकरण र स्थायी राजधानीबारे प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले ५ भाद्रमा आ–आफ्नो प्रस्ताव दर्ता गराएका थिए ।

सत्ता साझेदार समाजवादी पार्टी र राजपाले प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी जनकपुरसहित धनुषा जिल्ला तथा महोत्तरीको सीमामा पर्ने मिथिला मध्यमा परिक्रमा क्षेत्र समावेश गरेर हुनुपर्ने प्रस्ताव गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र राजधानी जनकपुरधाम हुनुपर्ने भनेको छ भने प्रमुख प्रतिपक्षी नेकपाले भने प्रदेशको नाम ‘जानकी’ र राजधानी जनकपुरसहित मिथिला मध्यमा परिक्रमा क्षेत्र र धनुषाको सम्पूर्ण भाग समावेश गर्न प्रस्ताव गरेको छ ।

कतिपय प्रदेशसभा सदस्यले दलको निर्णयविपरित समेत प्रस्ताव दर्ता गराएका छन् । पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजेश्वर साहले प्रदेशको नामाकरण ‘मध्य मधेश’ र राजधानी वीरगंज हुनुपर्ने प्रस्ताव गरेका छन् भने समाजवादी पार्टीका सिंहासन कलबारको प्रदेशको राजधानी वीरगंजदेखि सिम्रोनगढसम्म हुनुपर्ने प्रस्ताव दर्ता भएको छ ।

प्रकाशित: Dec 31, 2019| 08:58 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।