काडमाडौं– मलद्वारमा आधा किलो सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले मंगलबार बिहान महाराष्ट्र ठाणेका ४५ वर्षीय सुनिल हरेरामलाई पक्राउ गरेको हो।
फ्लाई दुबईबाट काठमाडौं आएका हरेरामको अस्वाभाविक गतिविधि देखेर शंका लाग्दा उनलाई अस्पतालमा लगेर एक्सरे गरेको भन्सार कार्यालयका उपसचिव टेकनाथ लम्सालले जानकारी दिए। एक्सरे गरेपछि मलद्वारमा केही वस्तु देखिएपछि दिसा गर्न लगाएर सुन निकालिएको उनले जानकारी दिए।
लम्सालका अनुसार सुनलाई धुलो बनाएर दुई सय ५० ग्रामका दरले दुई वटा प्लास्टिकको पोकामा राखेको अवस्थामा भेटिएको छ।