मंगलबार, भदौ २, २०८३

घरधनीले डेरावालको विस्तृत अभिलेख राख्नुपर्ने

घर भाडामा लिएर अवैध गतिविधि बढेको भन्दै सरकारले भाडामा बस्नेहरुको विस्तृत विवरण संकलन गर्ने भएको छ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– घर भाडामा लिएर अवैध गतिविधि बढेको भन्दै सरकारले भाडामा बस्नेहरुको विस्तृत विवरण संकलन गर्ने भएको छ।

काठमाडौंसहित देशका विभिन्न सहरमा घर भाडामा लिएर आपराधिक गतिविधि भइरहेको पाइएपछि घरधनीलाई भाडामा बस्ने व्यक्ति र संस्थाले परिचय खुल्ने कागजात बुझाउनुपर्ने निर्णय सरकारले गरेको हो।

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राईसहित सुरक्षा निकायका प्रमुखहरुको हालै बसेको बैठकले कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गर्ने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार बैठकले घर मालिकले भाडामा बस्नेहरुको विस्तृत विवरण संलकन गरेर नजिकको प्रहरी इकाइमा अनिवार्य रुपमा बुझाउनु पर्ने निर्णय गरेको छ। ‘घर धनीले आफ्नै सुरक्षाको लागि पनि भाडामा बस्नेहरुको नाम, ठेगाना र कामको विवरण संकलन गर्नुपर्छ,’ अधिकारीले भने, ‘आफ्नो र समाजको सुरक्षाका लागि पनि घर मालिकले विवरण संकलन गरी नजिकको प्रहरी इकाईमा बुझाउनु पर्छ।’

घर भाडामा बस्ने र छाड्ने दुवैको नियमित र अद्यावधिक अभिलेख राख्न प्रहरीलाई समेत निर्देशन दिने निर्णय भएकोे छ। पछिल्लो समय घर भाडामा लिएर गैरकानुनी कार्यमा संलग्न रहेको अवस्थामा १ सय २२ चिनियाँ नागरिक पक्राउ परेपछि सुरक्षा सम्बद्व निकायले यस्तो निर्णय गरेको हो।

प्रकाशित: Dec 31, 2019| 08:02 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।