मंगलबार, भदौ २, २०८३

९९ जनाको लगानीमा केबलकार बन्ने

 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– ९९ जना स्थानीय व्यवसायी मिलेर ८० करोड संकलन गरी बुटवल नजिकैको हिल स्टेशनको मुख्य गन्तव्य बन्ने सम्भावना भएको पाल्पाको नुवाकोट गढीमा केबलकार चल्ने भएको छ । २ किमि लम्बाइको हुने उक्त केबलकार फूलबारीदेखि पाल्पाको नुवाकोट गढीसम्म संचालन हुनेगरी सिद्धार्थ केबलकार प्रालि मार्फत् डिपीआर समेत सम्पन्न भइसकेको छ ।

केबलकारको लागि पहिलो चरणको वातवरणीय प्रभाव मूल्यांकन भइसकेको भए पनि धेरै रुख बिरुवा काटिएको भन्दै केही विवाद निस्किएपछि पुन मन्त्रालयले पूरक वातावरणीय प्रभाव मूल्यांकनको लागि स्वीकृति दिएको छ । केवलकार सञ्चालनका लागि मन्त्रिपरिषद् बैठकले अनुमति दिएसँगै वन तथा भू संरक्षण विभाग र सिद्धार्थ केवलकार प्रालिका बीचमा सम्झौता भएको सिद्धार्थ केबलकार प्रालिका अध्यक्ष राजेन्द्र सिंह गुरुङ्गले बताए ।

बुटवलबाट उत्तर ११ किलोमिटरको दूरीमा रहेको नुवाकोटमा केबलकार सन्चालन भएसँगै लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण उपलब्धी हुने नेपाल भ्रमण वर्ष २०२० प्रदेश सहसंयोजक समेत रहेका पर्यटन व्यवसायी माधब नेपालले बताए ।

प्रकाशित: Dec 31, 2019| 06:54 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।