मंगलबार, भदौ २, २०८३

सुनको मूल्य ७३ हजार ५०० पुग्यो

सुनको भाउ प्रतितोला ७३ हजार ५०० रुपैयाँ पुगेको छ। यो मूल्यमा सुन कारोबार भएको यो तेस्रोपटक हो ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं। सुनको भाउ प्रतितोला ७३ हजार ५०० रुपैयाँ पुगेको छ। यो मूल्यमा सुन कारोबार भएको यो तेस्रोपटक हो । गत भदौ ९ र १८ गते सुनको मूल्य साढे ७३ हजार पुगेको थियो ।

सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले बढ्दा सुनले यो मूल्य कायम गरेको हो। अन्तर्राष्ट्रिय रुपमा नै मूल्य लगातार बढ्दै गएपछि नेपालमा पनि त्यसको असर परेको सुनचाँदी व्यवसायी महासंघ नेपालले जनाएको छ।

अमेरिका र चीनबीच भइरहेको व्यापार युद्धका कारण सेयर लगानीकर्ताको मनोबलमा गिरावट आउन थालेपछि उनीहरु सुनतर्फ आकर्षित भएको बताइन्छ । जसका कारण अन्तर्राष्ट्रिय रुपमा नै मूल्य बढेको हो।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय २५ डलर ७५ सेन्ट पुगेको छ ।

प्रकाशित: Dec 31, 2019| 06:14 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।