मंगलबार, भदौ २, २०८३

न्यू इयर इभ : कहाँ कुन कलाकारले तताउँदैछन् माहोल ?

आज सन् २०१९ को अन्तिम दिन । विश्वका विभिन्न देशमा नयाँ वर्ष सुरु हुनु अघिल्लो रातलाई ‘न्यू इयर इभ’को रुपमा मनाइन्छ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं। आज सन् २०१९ को अन्तिम दिन । विश्वका विभिन्न देशमा नयाँ वर्ष सुरु हुनु अघिल्लो रातलाई ‘न्यू इयर इभ’को रुपमा मनाइन्छ।

केही वर्षयता नेपालमा पनि अंग्रेजी नयाँ वर्ष मनाउने ट्रेन्ड बढ्दो छ। विशेषगरी युवावर्ग ‘न्यू इयर इभ’ मा रमाएको पाइन्छ। यही ट्रेन्डलाई ‘क्यास’ गर्न काठमाडौंका विभिन्न होटल–रेष्टुरेन्ट, क्लब, पब तथा डिस्कोले ‘न्यू इयर इभ’ पार्टी आयोजना गर्ने गरेका छन्।

काठमाडौंका दरबारमार्ग, ठमेल, लाजिम्पाट, झम्सीखेल लगायत क्षेत्रहरु बेलुका ८ बजेपछि गुलजार हुन्छन्। राति १२ बजे नयाँ वर्षलाई स्वागत गर्दै युवाहरु अबेर रातिसम्मै डिस्कोमा झुम्छन्।

‘न्यू इयर इभ’को अवसरमा आज पनि काठमाडौंमा थुप्रै पार्टी हुँदैछन्।

लाजिम्पाटस्थित र्‍याडिसन होटलमा सबिन राई र थाई डान्सरको प्रस्तुति रहेको छ। कार्यक्रमको एमसी रिमा विश्वकर्मा छिन् भने डिजेमा राजु र शिशिर छन्।

बत्तिसपुतलीस्थित होटल द्वारिकाजले न्यु इयर गाला डिनर राखेको छ।

बाजेको सेकुवा सुकेधारामा मण्डला ब्यान्डको प्रस्तुति छ भने बत्तिसपुतलीमा इन्जेनियसले पर्फर्म गर्नेछन्।

ठमेलस्थित चर्चित क्लब लर्ड अफ ड्रिंक्स (एलओडी)मा स्वतन्त्र ब्यान्ड र सबिन राईको प्रस्तुति हुनेछ। केही समयअघि पूर्वराजा ज्ञानेन्द्र शाह गएर नाचेपछि एलओडीको चर्चा चुलिएको छ।

दरबारमार्गस्थित होटल याक एन्ड यतीमा दीपक बज्राचार्य र रिदम ब्यान्डको प्रस्तुति रहनेछ।

धुम्बाराहीमा रहेको अकामा होटलमा सुगम पोखरेल, बाजागाजा ब्यान्ड र भ्वाइस अफ नेपालका सप्तक दूतराजको प्रस्तुति रहनेछ।

लाजिम्पाटको मौरी लाउन्जमा रामकृष्ण ढकालले गाउनेछन् ।

ओजी लाउन्ज ठमेलमा सन्जीव सिंहले ‘चुलेसीमा’ लगायत गीत गाउनेछन्।

लाजिम्पाटको होटल सांग्रिलामा इन्दिरा जोशी र लेजेन्ड ब्यान्डले चिसो माहोल तताउनेछन्।

उता, होटल सोल्टी क्राउन प्लाजाले बलिउड नाइट आयोजना गरेको छ। कार्यक्रममा भारतीय गायिक अर्पिता देव लगायत सारेगामाप र इन्डियन आइडलका प्रतियोगीहरुको प्रस्तुति रहनेछ।

गोकर्ण फरेस्ट रिसोर्टमा सिम्फोनी ब्यान्डले मनोरञ्जन प्रदान गर्नेछ।

त्रिशारा दरबारमार्गमा डिजे अजन र प्रास्ना ब्यान्डको प्रस्तुति रहनेछ।

म्याग्नम लाउन्ज दरबारमार्गमा पुष्पन प्रधानले गाउनेछन्।

बानेश्वरस्थित होटल एभरेष्टमा सनुप पौडेलको प्रस्तुति रहनेछ।

होटल सोल्टीको टुडे प्राइभ नेपालमा बिपुल क्षेत्रीले आफ्ना फ्यानहरुलाई दार्जिलिङ पुर्याउनेछन्।

गोंगबुको बिजी मलमा रहेको बसिल क्याफे एन्ड लाउन्जमा आनन्द कार्कीले आफ्ना गीत प्रस्तुत गर्नेछन्।

ठमेल पर्यटन परिषद्ले ठमेल स्ट्रिट फेस्टिभल आयोजना गर्दैछ । साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा कल्चर शो तथा डिजेहरुको प्रस्तुति रहनेछ।

प्रकाशित: Dec 31, 2019| 05:04 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।