मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बक्यौता उठाउन नागरिक उड्‍डयन प्राधिकरणले गर्‍याे पुनः ताकेता, ८४ करोड उठ्न बाँकी

बक्यौता उठाउन नागरिक उड्‍डयन प्राधिकरणले गर्‍याे पुनः ताकेता, ८४ करोड उठ्न बाँकी

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्कबाफतको बक्यौता उठाउन पुनः ताकेता गरेको छ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्कबाफतको बक्यौता उठाउन पुनः ताकेता गरेको छ।

प्राधिकरणले मंगलबार सूचना प्रकाशित गरी सेवा शुल्कबाफतको रकम नतिर्ने ७४ फर्म, कम्पनी र एयरलाइन्सलाई ३० दिनभित्र बक्यौता चुक्ता गर्न ताकेता गरेको हो।

सूचना अनुसार प्राधिकरणलाई ७३ फर्म, कम्पनी र एयरलाइन्सले ८३ करोड ७७ लाख ७८ हजार ४८ रूपैयाँ तिर्न बाँकी छ। एक कम्पनीकाे भने रकम खुलाइएको छैन।

तोकिएको समयमा बक्यौता नतिरे नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुलक नियमावली २०६७ (सशोधनसहित) तथा अन्य प्रचलित ऐन कानुन अनुसार रकम असुल गर्नेतर्फ आवश्यक कारवाही बढाइने सूचनामा उल्लेख छ।

प्राधिकरणले यसअघि गत असोज ७ गते सार्वजनिक सूचना प्रकाशित गरी बक्यौता उठाउन ताकेता गरेको थियो।

 

प्रकाशित: Dec 31, 2019| 04:29 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।