महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।
घरमा कोही नभएको मौका छोपी झट्केलो बाबु इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी मुकुन्द मरासैनीले अभियुक्तलाई पक्राउ गरेको र घटनाका विषयमा अनुसन्धान भइरहेको नेपाल समयलाई जानकारी दिए ।
उनले बालिकाको कुटपिटबाट हत्या भएको पुष्टी भएकाे र बलात्कारका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने- 'बालिकाको शरिरभरि निल डाम देखिन्छ । जता ततै कोतरेको छ । योनीबाट समेत रगत बगेको छ।'
स्थानीय महिलाका अनुसार अभियुक्त इन्द्रले करिब तीन महिनाअघि हत्या गरिएकी बालिकाकी आमालाई डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए ।
बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा साेमबार दिउँसाे ३ बजे इन्द्रले बालिकालाई कुटपिट गर्नुका साथै बलात्कार गरेकाे स्विकारेका छन् । बालिकालाई करिब ५ बजे तिर मात्रै अस्पताल पुर्याइएकाे थियाे ।
अस्पताल लगे लगतै उनलाई मृत घोषणा गरिएको थियो । मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।