मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कृषिमन्त्रीको दाबी- 'केही दिनमै उखु किसानको पैसा खातामै आउँछ'

कृषिमन्त्रीको दाबी- 'केही दिनमै उखु किसानको पैसा खातामै आउँछ'

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले आगामी दिनमा उखु किसानकै खातामा अनुदानको रकम उपलब्ध हुने व्यवस्था गर्न लागिएको बताएका छन् ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले आगामी दिनमा उखु किसानकै खातामा अनुदानको रकम उपलब्ध हुने व्यवस्था गर्न लागिएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शले साेमबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकारले केही दिनमै किसानलाई खातामै अनुदान रकम उपलब्ध गराउने बताएका हुन् ।

उनले किसानको उखु किसानको समस्या समाधान गर्न सरकार सक्रिय भएर लागेको पनि दाबी गरे । उनले भने– 'किसानका समस्या छन् । यो हामीले बुझेका छौ । चाँडै समस्या समाधान गर्नेछौ ।'

यस्तै मन्त्री भुषालले कुखुरा व्यवसायी पनि मर्कामा परेको बताए । देश कुखुराको मासुमा आत्मनिर्भर भइरहँदा उपभोक्ता र उत्पादनकर्ता दुवै मारमा परेको अवस्था रहेको बताउँदै उनले सरकार, निजी क्षेत्र र दातृ निकायले विकासको विगतका प्रयासमा निकै सुधार गरेर अघि बढ्ने बताए।

यस्तै उनले व्यावसायिक कृषि उद्यमका माध्यमबाट खाद्यान्न र तरकारीमा आत्मनिर्भर एवं रोजगार विस्तार गर्ने सोच बनाएर सरकार अघि बढिरहेको बताए ।

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले तयारीबिना मुलुकलाई आत्मनिर्भर गर्ने भनेर कृषिजन्य आयातमा भन्सार बढाउँदा उपभोक्ता मारमा परिरहेको बताए।

नेपाली उत्पादनलाई निर्यात गर्ने सन्दर्भमा गुणस्तर चिन्ह र प्याकिङजस्ता विषयमा प्रश्न उठाइएको अवस्था रहेको बताउँदै उनले मुलुकको ग्रार्हस्थ्य उत्पादनमा ठूलो योगदान दिएको कृषि क्षेत्रको विकासका लागि कृषकलाई मलखादमा अनुदान, कम ब्याजमा ऋण, शीतभण्डारणको सुविधा र बजारको व्यवस्था हुनुपर्ने बताए।

प्रकाशित: Dec 31, 2019| 03:10 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।