मंगलबार, भदौ २, २०८३

कर्णाली प्रतिष्ठानमा एमबिबिएस र एमडिजिपी पढाइ हुने

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सातौँ सिनेट बैठकले जुम्लामा एमबिबिएस र एमडिजिपीको कक्षा सञ्चालन गर्ने भएको छ।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सातौँ सिनेट बैठकले जुम्लामा एमबिबिएस र एमडिजिपीको कक्षा सञ्चालन गर्ने भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एंव प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा काठमाडौँमा बसेको बैठकले कर्णाली प्रतिष्ठानमा एमबिबिएस र एमडिजिपी सञ्चालन गर्ने निर्णय गरको प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले जानकारी दिए।

उनका अनुसार प्रतिष्ठानले उठाएको प्रस्ताव नं ५ अनुसारको निर्णयानुसार कर्णाली प्रतिष्ठानका शैक्षिक कार्यक्रम एमबिबिएस, एमडिजिपी जनरल, एमएस अर्थोपेडिक्स, एमडी इन एनेस्थीयोलोजी, एमडी एण्ड पेड्यिाडिक्स, एमडी गाइनोलोजिस्ट, एमएसी इपिडिमियोलोजी, व्याचलर न्यूट्रेसन र फार्मेसीका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो।

यसैगरी उच्चस्तरका शैक्षिक कार्यक्रमसहित १२ वटा प्रस्ताव सहमतिमा पारित गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लले जानकारी दिए।

उनका अनुसार प्रतिष्ठानको संशोधित नियमावली, बजेटसहित पारित भएका छन्। यसैगरी प्रतिष्ठानका बहुवर्षीय योजनासमेत पारित भएको प्रतिष्ठानका रजिष्ट्रार काफ्ले जानकारी दिए।

प्रतिष्ठानले एमबिबिएस र एमडिजिपीको अध्ययन शुरु गर्ने मार्ग दिएपछि कर्णालीवासी भने खुशी भएका छन्।

प्रतिष्ठानको यो सिनेट बैठकले अब कर्णालीको विकासमा अर्को आयाम थपिएको प्रतिष्ठान स्थापना पहल समितिका संयोजक एंव कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिक्रिया दिए। यद्यपि शैक्षिक उच्च तहका कार्यक्रम चिकित्सा शिक्षा आयोगले स्वीकृत दिनुपर्दछ।

यसैगरी प्रतिष्ठानको सिनेट बैठकले छनोट समितिको अध्यक्ष प्राध्यापक डा गणेश गुरुङ र सदस्यमा डा तरुण पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। रासस

प्रकाशित: Dec 30, 2019| 14:24 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।