मंगलबार, भदौ २, २०८३

डा. आशा सिंह एआईजीमा बढुवा

नेपाल प्रहरी अस्पतालकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं- नेपाल प्रहरी अस्पतालकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।

सिंह वरिष्ठ स्त्री रोग विशेषज्ञ हुन्। गृह सचिव प्रेमकुमार राईको अध्यक्षता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिको सोमबार बसेको बैठकले डा. सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

अस्पतालको नेतृत्वका लागि डीआईजी मिनराज पाठक, डा. सिंह र डा. सुमनराज श्रेष्ठ प्रतिष्पर्धामा थिए।

उनीहरु सबै १ पुस २०७५ मा डीआईजीमा बढुवा भएका थिए। यसअघि पुस ३ गते प्रहरी अस्पतालकी प्रमुख डा. दुर्गा थापाले अवकाश पाएकी थिइन्।

प्रकाशित: Dec 30, 2019| 14:04 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।