मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गगन थापाको आह्वान : सूचना प्रविधि विधेयक रोक्न हामीलाई साथ दिनुहोस्

गगन थापाको आह्वान : सूचना प्रविधि विधेयक रोक्न हामीलाई साथ दिनुहोस्

पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याउन लागेको सूचना प्रविधिसम्बन्धी विधेयक रोक्नका लागि साथ दिन आह्वान गरेका छन्।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं- पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याउन लागेको सूचना प्रविधिसम्बन्धी विधेयक रोक्नका लागि साथ दिन आह्वान गरेका छन्।

संसदको विकास तथा प्रविधि समितिबाट पास भइसकेको उक्त विधेयक अब संसदमा जाने र संसदमा पनि बहुमतका आधारमा पास हुन सक्ने अवस्था रहेको भन्दै उक्त विधेयक रोक्न प्रतिपक्षी नेपाली कांग्रेसलाई साथ दिन थापाले आह्वान गरेका हुन्।

सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत लाइभ गरी थापाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी ल्याइएको विधेयक पारित भए यसले संविधानकै बैधतामाथि प्रश्न उठाउने आशंका व्यक्त गरे।

नेता थापाले संविधानकै अधिनमा रहेर ल्याइने यस्तो कानूनले उक्त कानुनमाथि मात्रै नभई देशकै मुल कानूनमाथि प्रश्न उठ्ने टिप्पणी गरे।

थापाले यो विधेयकले सामाजिक सञ्जालहरु दर्ताको नाममा बन्द गर्न खोजिएको र सामाजिक सञ्जालमार्फत् अभिव्यक्त गर्ने नागरिकका विचारहरु कुन्ठित गर्न खोजिएको आरोप लगाए।

उनले अहिले सूचना प्रविधि विधेयकमा राखिएका प्राबधानहरु फौजदारी संहितामै राखिएकाले यो नितान्त नागरिकको प्रश्न गर्ने अधिकार खोस्नका लागि ल्याइएको दाबी गरे।

थापाले आफूहरुले विधेयकमाथिको छलफलकै क्रममा पनि पटकपटक यस विषयमा कुरा राखेको स्मरण गर्दै यो विधेयकले लोकतन्त्र र जनआन्दोलनको मर्ममाथि प्रहार गर्न खोजको बताए।

उनले जनआन्दोलनको मुटु नै अभिव्यक्ति स्वतन्त्रता भएको स्मरण गरे।

थापाले यो विधेयकमार्फत् जनताको स्वतन्त्र रुपमा बोल्ने अधिकार खोसेर सरकारले चाहेको कुरा, सरकारले चाहेको समयमा मात्र बोल्न पाउने व्यवस्था गर्न खोजेको आरोप लगाए। उनले साइबर बुलिङ विद्यालयमा पढाउने विषय भएको भन्दै कानुनमार्फत् ल्याउन आवश्यक नभएको बताए।

थापाले यसअघि पूर्व राजा ज्ञानेन्द्रको पालामा बोल्न नदिनेलाई प्रहरीले पक्राउ गरी थुनामा राखे पनि अदालतले अभिव्यक्ति स्वतन्त्रताको कुरा भएको भन्दै छुटाएको स्मरण गर्दै अब सरकारले कानुनले नै बोल्न नपाउने व्यवस्था गरेपछि अदालतले पनि छोड्न नसक्ने स्पष्ट पारे।

थापाले विधेयकको पक्षमा बोल्नेले समाजमा अराजकता बढेकाले नियन्त्रण गर्न यो विधेयक आएको ठिक भएको बताए पनि पछि आफूहरु नै त्यो फन्दामा पर्न सक्ने भन्दै सचेत गराए।

सरकारले चाहेको विषय बोल्ने, चाहेको कुरा सोच्ने अवस्था आए यो निक पीडादायी हुने बताए।

पशुपति शर्माको गीतलाई सरकारले अघोषित रुपमा ‘ब्याण्ड’ गरेको स्मरण गर्दै थापाले यो कानून पारित भए यस्तो शिलशिला पटकपटक दोहोरिने बताए।

 

प्रकाशित: Dec 30, 2019| 13:47 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।