मंगलबार, भदौ २, २०८३

अधुरा सपना पूरा गर्दै शान्ता चौधरी

प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरी कलेज ड्रेसमा देखिएकी छिन्।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं - प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरी कलेज ड्रेसमा देखिएकी छिन्। सोमबार उनले सामाजिक सञ्जालमार्फत कलेजको पोसाकसहितको फोटो अपलोड गरेकी छिन्। एसईई उत्तिर्ण गरेपछि उनी कानुन विषय अध्यनका लागि हिमालय कलेज भर्ना भएकी हुन्।

फेसबुकमा उनले जीवनको भोगाइ र व्यवहारमा असिमित सिकाइ भएको र सो क्रममा कयौं परीक्षामा सहभागीसमेत भएपनि योग्यताको प्रमाणपत्र भने नपाएको लेखेकी छिन्। अब भने औपचारिक शिक्षाको लागि बाटो खु्लेकोमा उनले खुसी व्यक्त गर्दै नयाँ अनुभव बटुल्न लागेको बताएकी छिन्। उनले हिजोसम्म अधुरा लाग्ने सपनाहरु विपनामा परिणत गर्ने जमर्को गर्दै गरेको उल्लेख गरेकी छिन्। 'जुन सपनाहरु अधुरा थिए तिनै सपनाहरु आज विपनामा परिणत गर्ने जमर्को गर्दैछु। त्यसैले धेरै खुसी छु म। यही खुसीको क्षणमा म प्रति सद्भाव राख्ने र दु:खमा साथ दिनुहुने सम्पूर्ण प्रति सम्मान व्यक्त गर्दछु।', चौधरीले लेखेकी छिन्।

 

 

प्रकाशित: Dec 30, 2019| 11:17 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।