मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका गुठीलाई विधेयकमा विशेष व्यवस्था गर्न सराेकारवालाको सुझाव

काठमाडौंका गुठीलाई विधेयकमा विशेष व्यवस्था गर्न सराेकारवालाको सुझाव

सहभागीहरूले नयाँ गुठी विधेयक ल्याउँदा काठमाडौं उपत्यकाको गुठीलाई विशेष व्यवस्था गरेर सम्बोधन गर्नसके राम्रो हुने बताए।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं- सरकार गुठी लगायत मालपोत, भूउपयोग, भूमी, जग्गा प्राप्ति, विर्ता उन्मुलन लगायत ११ वटा विषय समेटेर एकीकृत भूमी ऐन ल्याउने तयारीमा छ।

यसै सन्दर्भमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सोमबार गुठी विधेयकमा समेट्नुपर्ने विषयमा छलफल गरेकी छन्।

गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसद्, राजनीतिक अगुवा, काठमाडौं महानगरपालिकाका प्रमुख लगायतका सरोकारवालाहरूसँग मन्त्री अर्यालले छलफल गरेकी हुन्।

कार्यक्रममा सहभागीहरूले नयाँ गुठी विधेयक ल्याउँदा काठमाडौं उपत्यकाको गुठीलाई विशेष व्यवस्था गरेर सम्बोधन गर्नसके राम्रो हुने बताए।

परम्परादेखि संस्कारको रुपमा विकास हुँदै आएको काठमाडौं उपत्यकाका गुठी संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनीहरुके माग थियो।

कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेट्ने योजनामा सरकार रहेको बताइन्।

सरकारले एकीकृत कानुन बनाउन लागेको भन्दै उनले त्यसका विषयमा छलफल जारी रहेकाले ड्राफ्ट बनिनसकेको बताइन्। 'हामीले ड्राफ्ट बनाउनुभन्दा पहिले सुझाव लिउ भनेर छलफल अगाडि बढाएका छौँ', मन्त्री अर्यालले भनिन्, 'काठमाडौं उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेटेर विधेयक बनाउछौँ।'

कार्यक्रममा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाभित्रका गुठीहरूको संरक्षण र निरन्तरताको प्रत्याभूति नयाँ गुठी विधेयकले गर्नुपर्ने बताए।

यहाँको गुठी संस्कृति, भावनासँग जोडिएको विषय भएकोले संवेदनशील विषय भएको भन्दै उनले संस्कृति सञ्चालनका सन्दर्भमा हस्क्षेप नहुनेगरी परम्परा, संस्कृतिको संरक्षण तथा निरन्तरता हुनेगरी कानुन आउनुपर्ने बताए। उनले गुठीलाई व्यवस्थित गर्दा उपत्यकालाई विशेष व्यवस्था गरेर जाँदा उपयुक्त हुने बताए।

नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले उपत्यकाका सन्दर्भमा गुठी भनेको भावनासँग जोडिएको विषय भएकोले उपत्यकाबासीको भावनात्मक विषयलाई चोट नपुग्नेगरी विधेयक ल्याउन आग्रह गरे। समग्र गुठी व्यवस्थापन गर्दा प्राधिकरणको वोर्ड निर्माण प्रकृया तथा काम, कर्तव्य र अधिकारमा समेत हेरफेर गर्न उनले आग्रह गरे।

प्रदेश नम्बर ३ का प्रदेश सांसद राजेश शाक्यले उपत्यकाको गुठीलाइ विशेष सम्बोधन हुनेगरी विधेयक आउनुपर्ने बताए। विगतमा गुठीका जग्गा विभिन्न बहानामा अतिक्रमण भएको घटना उपत्यकामा थुप्रै भएको दृष्टान्त उल्लेख गर्दै काठमाडौंबासीको गुठीसँग जोडिएको भावनामा चोट नपुग्नेगरी विधेयक आउनुपर्ने बताए।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको गुठीलाई विशेष व्यवस्था गरेर सम्बोधन गर्नसके राम्रो हुने बताए। काठमाडौं उपत्यका मन्दिरै मन्दिर, जात्रै जात्रा, पर्व, पुरातात्विक, ऐतिहासिक महत्वको शहर भएकोले यसलाई विशेष सम्बोधन गर्न आवश्यक भएको मेयर शाक्यको भनाइ थियो।

त्यस अवसरमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले सरकारले ल्याउन लागेको एकीकृत भूमि सम्बन्धी कानुन कार्यान्वयन गर्न सहज होस् भनेर विभिन्न चरणमा छलफल अगाडी बढाइएको बताए।

सचिव गौतमले कानुन बनाउदा के विषयलाइ कसरी प्रस्तुत गर्ने भन्ने महत्वपूर्ण भएकाले छलफल गरिएको बताए।

प्रकाशित: Dec 30, 2019| 10:48 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।