मंगलबार, भदौ २, २०८३

‘चिनी मिल सञ्‍चालक फरार छन्, सरकारले खोजिरहेको छ’

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले किसानको उखुको मूल्य नतिरेर चिनी मिलका सञ्चालकहरू भागेको बताएका छन्। उ
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले किसानको उखुको मूल्य नतिरेर चिनी मिलका सञ्चालकहरू भागेको बताएका छन्। उखु किसानको बक्यौता नतिरेको विषयमा संसदको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले सोमबार राखेको बैठकमा भुषालले यस्तो बताएका हुन्।

किसानहरूको उखुको मूल्य नतिर्ने अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया सम्पर्कमा नरहेको उनले बताए। ‘उद्योगीलाई सरकारले खोजिरहेको छ, उनीहरु फरार छन्,’ मन्त्री भुसालले भने।

उखु किसानहरू अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानलाई नतिरेको भन्दै काठमाडौंमा आएर आन्दोलनमा छन्। समितिमा सहभागी उखु किसानहरुले सरकारले दिने अनुदानसमेत नपाएको र उखु मिलले समेत उचित मूल्य नदिएको गुनासो गरेका छन्।

समितिले उखु किसानहरूलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। किसानको पैसा तत्काल दिलाउन र आलटाल गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो।

याे पनि

उखुले दिएको आँसु

 

प्रकाशित: Dec 30, 2019| 10:33 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।