मंगलबार, भदौ २, २०८३

बाघको आक्रमणबाट सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेतमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आक्रमणबाट बराहताल गाउँपालिका-३ लेखगाउँका चन्द्र नेपालीको मृत्यु भएको हो। अन्दाजी ४५ वर्षीय नेपालीलाई घर नजिकै घाँस काट्न गएको बेला बिहान साढे ९ बजेतिर बाघले आक्रमण गरेको थियो।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

सुर्खेत - सुर्खेतमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आक्रमणबाट बराहताल गाउँपालिका-३ लेखगाउँका चन्द्र नेपालीको मृत्यु भएको हो। अन्दाजी ४५ वर्षीय नेपालीलाई घर नजिकै घाँस काट्न गएको बेला बिहान साढे ९ बजेतिर बाघले आक्रमण गरेको थियो।

‘बाघले आक्रमण गर्दा नेपालीको घटनास्थलमै मृत्यु भएको छ’ स्थानीय जयराम बोगटीले टेलिफोनमा भने, ‘आक्रमणपछि चिच्याउँदा हामीले थाहा पायौं, घटनास्थल पुग्दा नेपालीको मृत्यु भइसकेको थियो।’

आक्रमण लगत्तै उद्धारका लागि स्थानीयहरु पुगेपनि नेपालीको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ। निकुञ्जबाट आएको बाघले आक्रमण गरेको स्थानीयको भनाइ छ।

Picture Credit: Big Cat Facts-Tiger

प्रकाशित: Dec 30, 2019| 10:25 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।