मंगलबार, भदौ २, २०८३

काठमाडौं-अस्ट्रेलिया सीधा उडानको पहल हुँदै

नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई उडानका लागि पहल गरिएको छ। नेपाल र अस्ट्रेलियाबीच गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं - नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ। नेपाल र अस्ट्रेलिया बीच गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो।

अस्ट्रेलियामा एक लाख ५० हजार हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन्। सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन्।

सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौंबाट सिड्नी आउने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ। सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरुको यो सबैभन्दा ठूलो सङ्ख्या हो।

अस्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्थामा विगत १२ वर्षदेखि कार्यरत इञ्जिनियर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ। उनका अनुसार सिधा हवाई सम्पर्क भएमा सिड्नीबाहेकका सहरमा जाने यात्रुहरु पनि यही बाटो प्रयोग गर्ने छन्।

अस्ट्रेलियन कम्पनीहरुले भारतका सहरबाटसमेत हालसम्म उडान गरेको पाइँदैन। नेपाल एयरलाइन्सले काठमाडौं र सिड्नीबीच सिधा उडानका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ। सिड्नी काठमाडौंको दूरी लगभग १० हजार किलोमिटर रहेको छ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सम्झौतापछिका प्राविधिक पक्षहरुका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए। अगामी जनवरी ७ तारिखमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अस्ट्रेलियामा हुने भ्रमणका समयमा त्यहाँका उच्च अधिकारीसँग भेटघाटका लागि पहल आफूले गरिरहेको उनले बताए।

अस्ट्रेलियाको सिड्नी आसपासको क्षेत्रहरु क्यानवेरा, गोलवन, वागावागा, डव्वो लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट लाभान्वित हुने गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटाले बताए। साथै सिधा उडानले नेपालको पर्यटन क्षेत्रमासमेत सकारात्मक प्रभाव पार्ने र यसका लागि आवश्यक सहयोग गर्न गैरआवासीय नेपाली सकारात्मक रहेको सापकोटाले बताए। रासस

प्रकाशित: Dec 30, 2019| 08:10 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।