मंगलबार, भदौ २, २०८३

कस्तुरीको बिनासहित चावहिलबाट युवक पक्राउ

कस्तुरीको बिनाजस्तो देखिने वस्तुसहित काठमाडौंको चावहिल गणेशस्थानबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं– कस्तुरीको बिनाजस्तो देखिने वस्तुसहित काठमाडौंको चावहिल गणेशस्थानबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको रामधुनी–७ का ३८ वर्षीय श्याम भट्टराई हुन्। भट्टराईको साथबाट ६ वटा डल्ला बनाइ प्याक गरिएको कस्तुरीको बिनाजस्तो देखिने वस्तु बरामद भएको गौशाला वृत्तका डिएसपी प्रडीपकुमार सिंहले जानकारी दिए।

बाटोमा हिँड्दै गरेको अवस्थामा भट्टराईलाई आइतबार बेलुकी पक्राउ गरिएको सिंहले जानकारी दिए। उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयको जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 30, 2019| 06:34 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।