मंगलबार, भदौ २, २०८३

प्रहरीको अप्रेसनमा फेरि समातिए चिनियाँ 'ह्‍याकर'

शंकास्पद गतिविधि गर्दै आएका चिनियाँ नागरिकमाथि निगरानी बढाएको प्रहरीले फेरि २ जनालाई पक्राउ गरेको छ ।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

चितवन- शंकास्पद गतिविधि गर्दै आएका चिनियाँ नागरिकमाथि निगरानी बढाएको प्रहरीले फेरि २ जनालाई पक्राउ गरेको छ ।

ह्याकरको आंशकामा चितवन प्रहरीले भरतपुरको सिजी ल्याण्डमार्कस्थित होटल फेनबाट चिनियाँ नागरिकलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको हो ।

घरभित्रै बसेर शंकास्पद गतिविधि गरेको आंशकामा स्थानीयले प्रशासनमा खबर गरेपछि निगरानी बढाएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले निगरानी बढाएपछि केही चिनियाँहरु भागेकाे प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार, यी दुई चिनियाँ नागरिकले होटल फेन प्रयोग गरेर चितवनमा ठूलो चिनियाँ लगानी भित्राउने भन्दै गतिविधि सञ्चालन गर्दै आइरहेका थिए ।

प्रहरीका अनुसार, होटलका अलावा भरतपुरका विभिन्न घर चल्तीको मूल्यभन्दा बढी रकम दिएर उनीहरूले भाडामा लिएको पाइएको छ । ३० हजार भाडाको घरलाई उनीहरूले २ लाखसम्म तिर्नेगरी सम्झौता गरेको प्रहरीले फेला पारेको छ ।

समातिएका चिनियाँलाई अभद्र व्यवहार र साइवरक्राइम कसुरअन्तर्गत अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार चिनियाँहरु त्यहाँबाट भागेपछि प्रहरीले उनीहरू बसेको घर तथा पार्टी प्यालेसमा सिल गरेको र थप अनुसन्धान गरिरहेको छ ।

यसअघि प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । साइबर अपराध र सीमापार अपराधको आशंकामा पक्राउ परेका उनीहरुलाई अध्यागमन विभागले देश निकाला (डिपोर्ट) गर्ने प्रक्रिया अघि बढाएको छ ।

 

प्रकाशित: Dec 30, 2019| 04:55 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।