मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामाजिक सञ्‍जालमा जिस्काए–धम्काए पाँच वर्ष कैद, १५ लाख जरिवाना

सामाजिक सञ्‍जालमा जिस्काए–धम्काए पाँच वर्ष कैद, १५ लाख जरिवाना

सामाजिक सञ्जालमा कसैलाई जिस्काउने, धम्काउनेलगायत काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने छ।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं– सामाजिक सञ्जालमा कसैलाई जिस्काउने, धम्काउनेलगायत काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने छ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट आइतबार पारित भएको सूचना प्रविधिसम्बन्धी विधेयकमा यो व्यवस्था छ।

विधेयकको दफा ९४ मा जातीय भेदभाव, अवहेलना, शान्तिसुरक्षा, सार्वजनिक सदाचार र नैतिकतामा प्रतिकूल प्रभाव पार्नेगरी सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा, कुनै व्यक्तिलाई निरन्तर जिस्काए, धम्काए, झुक्याए, बिक्री गर्न रोक लगाएको सामग्रीको विज्ञापन गरे, ऐनविपरीत अन्य कुनै काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवानाको व्यवस्था छ।

विधेयक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सहमतिबिनै ध्वनिमतका आधारमा पारित भएको हो।

गत फागुन १४ मा समितिमा पुगेको विधेयक कांग्रेसको असहमतिका कारण पारित हुन सकेको थिएन। कांग्रेसले विधेयकमा उल्लेखित सजायको व्यवस्था हटाउनुपर्ने भन्दै लिखित असहमति राखेको थियो।

यो व्यवस्था इन्टरनेटको स्वतन्त्रतालाई खुम्च्याएको जानकारले बताएका छन्। यसबाट सञ्चारमाध्यम बढी प्रभावित हुन सक्ने कतिपयको ठहर छ।

सरकारले संसद्मा दर्ता गराएको विधेयकमा सजाय बढी भएको भन्दै विरोध भएपछि संसदीय समितिमा पुगेको थियो।

प्रकाशित: Dec 30, 2019| 03:06 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।