बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतमा सवारी चाप बढ्दो, मुख्य सडकलाई ‘वान वे’ बनाउने तयारी

सुर्खेतमा सवारी चाप बढ्दो, मुख्य सडकलाई ‘वान वे’ बनाउने तयारी

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा सवारी साधनको चाप बढेको छ। समस्या न्यूनिकरणका लागि नयाँ उपाय अपनाउन लागिएको छ। अबको एक साताभित्र बढ्दो ट्राफिक जामको समस्या हटाउन यहाँका मुख्य सडकलाई वान वे अर्थात एकतर्फी बनाउन लागिएको छ।
 |  बिहीबार, पुस १०, २०७६

देव राना

देव राना

बिहीबार, पुस १०, २०७६

सुर्खेत - प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा सवारी साधनको चाप बढेको छ। समस्या न्यूनिकरणका लागि नयाँ उपाय अपनाउन लागिएको छ। अबको एक साताभित्र बढ्दो ट्राफिक जामको समस्या हटाउन यहाँका मुख्य सडकलाई वान वे अर्थात एकतर्फी बनाउन लागिएको छ।

triton college

पहिलो चरणमा मंगलगढी चोकदेखी वीरेन्द्रचोकसम्म एकतर्फी सवारी साधनको आवागमन गराइने छ। बजारका भित्री सडकबाट मुख्य बजार भएर गुड्ने गाडीहरु अब अनिवार्य वीरेन्द्रचोक भएर मात्र बाहिरिने छन्। यस्तै अब सवारी साधनले हटियालाइन, सिर्जना मेडिकल हलदेखी दक्षिणतर्फको बाटो, शनिहललाइन, वुद्धपथबाट नेताचोकहुँदै बीच बजार भएर मंगलगढीतर्फ फर्कन पाउने छैनन्।

अब बजारबाट मंगलगढी चोक जान वीरेन्द्रचोकबाट घुमेर यरिचोक वा पिपल चौतारा, बुद्धपथ, गोदाम लाइन भएर जानु पर्नेछ । बीच बजार हुँदै दायाँबायाँका सहायक सडक भएर भने सावारीसाधन गुड्न पाउनेछन्। तर, मंगलगढी चोकतर्फ भने फर्कन पाउने छैनन्। सवारी साधनको आवागमन एकतर्र्फी बनाउन ट्राफिक जनशक्ति धेरै खटाउनु पर्ने भएकाले पहिलो खण्डमा मंगलगढी–वीरेन्द्रचोकसम्म यो नियम लागू गर्न लागिएको छ। त्यसपछि विस्तारै बजार क्षेत्रका अन्य सडकमा पनि लागू गरिने छ। दुर्घटना रोक्न र सहज आवतजावतमा एकरुपता ल्याउन यो नियम अनिवार्य रहेको ट्राफिक प्रहरीको भनाई छ।

वीरेन्द्रनगरमा सार्वजनिक पार्किङस्थल छैन। पार्किङको अभावमा वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र अस्तव्यस्त छ। सडक किनाराको एक छेउमा ट्राफिक प्रहरीले दुइ पाङ्ग्रे सवारी पार्किङ गरेर जेनतेन व्यवस्थापन गरिरहेको छ। बढ्दो सवारी साधनको चाप र सडकमै पार्किङ गर्दा दोहोरो सवारी आवागमनमा समस्या भइरहेको छ।

वीरेन्द्रनगरको मंगलगढी चोकदेखी गणेशचोकसम्म सवारी आवतजातमा निकै सास्ती भइरहेको छ। बजार क्षेत्रका भित्री सडक यरिचोक–वीरेन्द्रनचोक, नेताचोक–बुद्धपथ लाइन, घण्टाघर र हटिया लाइनमा सवारी साधनको चापले सडकमा सास्ती बढिरहेको छ।

corrent noodles
Metro Mart

एकतर्फी बनाउँदा सडक दुर्घटना कम हुने र सवारी साधनको जाम पनि कम हुने अपेक्षा प्रहरीको छ। एकतर्फी गाडी आवतजावत गराउन जिल्ला प्रशासन कार्यालय सुर्खेतसँग छलफल गरिएको छ। सरोकारवाला निकायको उपस्थितिमा भएको छलफलमा मंगलगढीदेखि वीरेन्द्रचोकसम्म मात्र नभइ अन्य सडकमा पनि यो नियम लागूगर्न ट्राफिक प्रहरीलाई आग्रह गरिएको थियो। तर ट्राफिक प्रहरीले तत्काल अन्य सडकहरुमा नियम लागू गर्न नसकिने बताएको छ। ‘सुर्खेतमा ट्राफिक नियम बारे धेरैलाई बुझाउन बाँकी नै छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले भने, ‘एकैपटक नियम लागूगर्दा धेरै जनशक्ति आवश्यक पर्छ, पहिलो चरणमा बजार क्षेत्रमै केन्द्रित गर्‍यो भने विस्तारै बाँकी सडकमा लागू गर्न सहज हुन्छ।’

सुर्खेतमा १८ हजार सात सय ५८ मोटरसाइकल, दुई सय ७५ जीप/कार, तीन सय ९२ टिप्पर, पाँच सय ८० बस÷मिनीबस, एक हजार तीन सय ५० अटोरिक्सा, एक सय ७० पावर टिलर र पाँच सय ९४ ट्याक्टर रहेका छन्। यस्तै प्रदेश राजधानी भएकाले बाहिरबाट दैनिक भित्रिने सवारी साधनको चाप पनि बढ्दो छ।

यता सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले पनि राजधानीको ट्राफिक व्यवस्थापन चुस्त बनाउन सबैले साथ दिने बताए।

पार्किङ क्षेत्र तोक्दै नगरपालिका

ट्राफिक व्यवस्थापनलाई सहज बनाउन वीरेन्द्रनगर नगरपालिकाले पार्किङ क्षेत्र तोक्ने तयारी गरेको छ। वीरेन्द्रनगरको घण्टाघर क्षेत्र, नेकपा पार्टी कार्यालय अगाडि र जन माविदेखि उत्तरतर्फको खाली जग्गामा पार्किङ स्थल बनाउने गरी छलफल भइरहेको नगरपालिका उपप्रमुख मोहनमाया ढकाल बताउँछिन्। भाडामा रहेका स्थानहरुको पहिचान गर्ने काम भइरहेकाले चाडै नै पार्किङ स्थलको टुङ्गो लाग्ने ढकालको भनाइ छ।

प्रकाशित: Dec 26, 2019| 09:30 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।