शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दीक्षान्त समारोहमा डिग्री लिँदै गरेकी छात्राले पारिन् सबैलाई चकित (भिडियो)

दीक्षान्त समारोहमा डिग्री लिँदै गरेकी छात्राले पारिन् सबैलाई चकित (भिडियो)

पश्चिम बंगालको जाधवपुर विश्वविद्यालयमा नयाँ नागरिकता कानुन (सीएए) को एक छात्राले गरेको अनौठो विरोध चर्चाको विषय बनेको छ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

पश्चिम बंगालको जाधवपुर विश्वविद्यालयमा नयाँ नागरिकता कानुन (सीएए) को एक छात्राले गरेको अनौठो विरोध चर्चाको विषय बनेको छ।

National life

देबोस्मिता चौधरी नामकी छात्राले मंगलबार आयोजित दीक्षान्त समारोहकाे मञ्चमा उक्त कानुनको एक प्रति च्यातेर आफ्नो विरोध जनाएकी थिइन्।
स्नातकोत्तर तह पूरा गरेको डिग्री लिन मञ्चमा पुगेकी देबोस्मिताले कुलपतिकै अगाडि नारा लगाइन्, “हामी कागज देखाउँदैनौ‌ँ, इन्कलाब जिन्दावाद ।” त्यसपछि उनी आफ्नो डिग्री लिएर मञ्चबाट ओर्लिइन्।

समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा उनले आफूले विश्वविद्यालयप्रति कुनै असम्मान नदेखाएको बरु आफ्नो रोजाइको संस्थानबाट डिग्री लिएकोमा गर्व लागेको बताएकी छन्। उनले भनेकी छन्, “हो, मैले सीएएको विरोधका लागि यो मञ्चको उपयोग गरें। मेरा साथीहरु गेटबाहिर धर्नामा बसिरहेका छन्।”

जाधवपुर विश्वविद्यालयमा विद्यार्थीहरुले दीक्षान्त समारोहमा भाग लिन आएका राज्यपाल जगदीप धनखडलाई विश्वविद्यालय परिसरभित्र पस्न दिएका थिएनन्।

प्रकाशित: Dec 25, 2019| 10:08 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।