सोमबार, भदौ १, २०८३

सभामुख छनोट प्रक्रिया ११ पुसबाट सुरु हुने

प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने भएको छ ।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं– प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने भएको छ ।

संसदको हिउँदे अधिवेशन आज (शुक्रबार) अपरान्ह ४ बजेदेखि सुरु हुँदै छ।  त्यसअघि आज  विहान बसेको संसदको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलहरुबीच अर्को बैठक ११ गते बस्ने र त्यहि बैठकबाट सभामुख चयन प्रक्रिया सुरु गर्ने सहमति बनेको छ।

सभामुख चयन गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको अध्यक्षतामा निर्वाचन समिति बन्ने छ।

आजको परमार्श समितिको बैठक उपसभामुख शिवमाया तुम्बाहाम्फेको नेतृत्वमा बसेको थियो । बैठकले पुस ११ गते बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ।

सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले  प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्न लागेकी हुन्।

आजको बैठकमा पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेलको निधनमा शोक प्रस्ताव पारित गरिने छ। शोक प्रस्ताव पारित भएपछि उक्त बैठक स्थगित गर्ने प्रचलन छ।

प्रकाशित: Dec 20, 2019| 10:09 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।