काठमाडौं – आईपिएल २०२० का लागि बिहीबार अक्सन (खेलाडी लिलामी) सम्पन्न भएको छ। आउँदो सिजनका लागि अष्ट्रेलियाका तिब्र गतिका बलर प्याट क्युमिन्स सबैभन्दा बढी मुल्यमा बिक्री भएका छन्। आईपिएलको इतिहासमा उनी युवराज पछि सबैभन्दा बढी मुल्यमा बिक्री हुने खेलाडीसमेत बने। उनलाई कोलकाता नाइट राइडर्सले साढे १५ करोड भारतीय रुपैयाँमा आफ्नो टोलीमा आवद्ध गर्यो।
क्युमिन्सलाई आफ्नो टोलीमा लिन दिल्ली र रोयल च्यालेन्जर्स ब्याङ्लोर बीच तिब्र प्रतिष्पर्धा भइरहँदा पछि कोलकाता पनि त्यसमा सहभागी भयो र अन्तिममा बाजी मार्न सफल भयो।
आउँदो सिजनको अक्सनमा कुल ३ सय ३८ खेलाडी सहभागी भएपनि ६२ मात्र बिक्री भए।
यी हुन् सबैभन्दा बढी मुल्यमा बिक्री भएका शिर्ष १० खेलाडी (रकम - भारतीय रुपैयाँ)

बिक्री भएनन् यी दिग्गज खेलाडी
आईपिएलमा केही खेलाडीमाथि करोडौंको वर्षा भएपनि केही दिग्गज खेलाडीमाथि भने बोलीनै लागेन। उनीहरु आउँदो सिजनका लागि मात्र अनसोल्ड लिस्टमा सीमित बन्न पुगे।
चेतेश्वर पुजारा, यूसुफ पठान, कोलिन डि ग्रैंडहोम, स्टुअर्ट बिन्नी, हेनरिक क्लासेन, मुश्फिकुर रहीम, नमन ओझा, कुशल परेरा, शाई होप, टिम साउथी, ईश सोढी, एडम जाम्पा, हेडन वाल्श, जहीर खान, मनजोत कलरा, रोहन कदम, हरप्रीत सिंह, डेनियल सैम्स, इविन लुइस, कोलिन इंग्राम, मार्टिन गप्टिल, कार्लोस बे्रथवेट, कोलिन मुन्रो, ऋषि धवन, बेन कटिंग, मार्क वुड, मुस्तफिजुर रहमान, एडम मिल्ने जस्ता खेलाडी आगामी सिजनमा देखिने छैनन्।