बुधबार, असार ३१, २०८३

मनाङको विजयी सुरुवात, थ्रीस्टार र जावलाखेलले अंक बाँडे

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ।
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं - साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २-० ले पराजित गर्‍यो।

मनाङका लागि दुबै गोल विमल रानाले गरे। उनले खेलको २८ औं र ३४ औं मिनेटमा गोल गरे।

यस्तै बुधबार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएका अवसर सदुपयोग गर्न नसक्दा एक/एक अंक बाड्न बाध्य भए।

प्रकाशित: Dec 18, 2019| 11:47 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।