मंगलबार, चैत १०, २०८२

ज्ञानेन्द्रको विस्फोटक ब्याटिङमा काठमाडौं विजयी

कप्तान ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङमा काठमाडौं गोल्डेन्सले पोखरा प्रिमियर लिग (पीपीएल) मा पहिलो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा काठमाडौंले एक्सपर्ट धनगढीलाई १ सय ६ रनले पराजित गर्‍यो।
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं - कप्तान ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङमा काठमाडौं गोल्डेन्सले पोखरा प्रिमियर लिग (पीपीएल) मा पहिलो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा काठमाडौंले एक्सपर्ट धनगढीलाई १ सय ६ रनले पराजित गर्‍यो।

National life

१७ ओभरमा छोट्याइएको खेलमा काठमाडौंले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको धनगढी १६ ओभरमा ७९ रनमा समेटिन पुग्यो। धनगढीका कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। धनगढीका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक छुन सके। धनगढीका श्रीमन्तले सर्वाधिक १५ तथा रोड्रिगो थोमसले १० रन बनाए। धनगढीलाई सस्तैमा समेट्ने क्रममा बसन्त रेग्मीले ३ तथा पवन सर्राफ र सुवोध भाटीले २/२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा पाँच विकेट गुमाउँदै १८५ रन जोडेको थियो। पोखरा प्रिमियर लिगकै पहिलो शतक प्रहार गर्ने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले १०० रनको विस्फोटक इनिङ् खेले।

कप्तान ज्ञानेन्द्र मल्लले ३८ बलमा आठ चौका र नौ छक्का प्रहार गरे। १७औं ओभरको तेस्रो बलमा ज्ञानेन्द्र कमलसिंह ऐरीको बलमा सन्दिप जोराबाट क्याचआउट भए।

तेस्रो विकेटका लागि ज्ञानेन्द्र र जयकिशन कोल्सावालाले १३१ रनको साझेदारी गरेका थिए। जयकिशन कोल्सावालाले ४६ रन बनाए। काठमाडौंका लागि अमित श्रेष्ठले ३४ रन बनाए। धनगढीका कमल सिंह ऐरीले ४ विकेट लिए। धनगढीले प्रतियोगितामा पहिलो हार व्यहोरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 18, 2019| 07:29 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।