मंगलबार, चैत १०, २०८२

एनआरटी विजयी, पुलिस र हिमालयनले बराबरी खेले

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएका खेलमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ भने नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन्।
 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएका खेलमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ भने नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन्।

मंगलबार सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सरस्वती युवा क्लबलाई ४-० गोलले पराजित गर्‍यो। एनआरटीका लागि सरोज तामाङले दुई तथा ओन्ग्विने निकेन्ग्वे र एनडेम्बा ओवानाले एक/एक गोल गरे। तामाङले खेलको ६९औँ र ८१औँ मिनेटमा तथा निकेन्ग्वले ३९औँ मिनेटमा र ओवानाले ९०औँ मिनेटमा गोल गरेका हुन्।

यस्तै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा पुलिस र हिमालयनले गोलरहित बराबरी खेले। पहिलो हाफमा पुलिसले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन। खेलको १३औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले तथा ३०औँ मिनेटमा सुमन लामाले गोल गर्ने अवसर पाएका थिए। बराबरी खेलेपछि दुवै टोलीले एक-एक अंक बाँडेका छन्।

प्रकाशित: Dec 17, 2019| 14:15 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।