बुधबार, असार ३१, २०८३

साविक विजेता पोखरा ६ विकेटले पराजित

पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। मंगलबार सम्पन्न खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो।
 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। मंगलबार सम्पन्न खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो।

पोखराले दिएको १ सय ८ रनको सामान्य लक्ष्य चितवनले १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पुरा गर्‍यो। चितवनले पनि सुरुवात भने राम्रो हुन सकेन। २ रनमा पहिलो विकेट गुमाएको चितवनले २६ मा दोस्रो, ४१ मा तेस्रो तथा ५८ मा चौथो विकेट गुमाएको थियो। तर चितवनका बाबर हयातले उत्कृष्ट इनिङ खेलेपछि चितवनले जित हात पार्न सफल भयो। बाबरले अविजित ६६ रन जोडे। ४२ बल सामना गरेका उनले ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै सन्नी पटेलले अविजित २२ रन जोड्दा रोहन मुस्तफा ११, पारस खड्का ४, आरिफ सेख १ र अनिल साह शुन्य रनमा आउट भए।

बलिङतर्फ पोखराका रसिद खान र सर्वजित लड्डाले दुई-दुई विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा २० ओभरमा १ सय ७ रनमा अलआउट भयो। खराब प्रदर्शन गरेको उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके।
५ रनमा पहिलो विकेट खेर फालेको पोखराले ५० रन बनाउँदा चार विकेट गुमाउन पुग्यो। पोखराका लागि कप्तान शरद भेषावकरले सर्वाधिक ४५, कुशल मल्लले १३, आसिफ सेख, रविइन्दर सिंह र रसिद खानले समान १०/१० रन बनाए।

चितवनका सन्नी पटेल,रोहन मुस्तफा र भुवन कार्कीले समान दुई-दुई विकेट लिए।

जितसँगै चितवन अंक तालिकाका शिर्ष स्थानमा उक्लिएको छ। पोखरा भने २ खेलमा एकमा जित तथा एकमा हार व्यहोर्दै अंक तालिकाका तेस्रो स्थानमा रहेको छ भने एक्सपर्ट धनगढी दोस्रो तथा बुटवल ब्लास्टर्स चौथो स्थानमा रहेको छ।

 

प्रकाशित: Dec 17, 2019| 10:03 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।