बुधबार, असार ३१, २०८३

ए डिभिजन लिग फुटबल : फ्रेन्ड्सविरुद्ध आर्मीको जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।

सोमबार एन्फा मैदान सातदोबाटोमा भएको खेलमा आर्मीले फ्रेन्ड्सविरुद्ध २-१ गोलको जित निकालेको हो।

आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले १-१ गोल गरे। खेलको पहिलो मिनेटमा नै आर्मीका लागि नवयुगले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि पहिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन सकेन। तर दोस्रो हाफको सुरुवातमै फ्रेन्ड्सका लागि शक्ति राइले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि निकै लामो समयसम्म गोल हुन सकेन।

१-१ अंकको बराबरीमा रहेको खेलमा ८१ औं मिनेटमा आर्मीका लागि दिनेश हेम्जनले गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याए।

त्यसपछि कुनै पनि टोलीबाट गोल भएन। आर्मी पहिलो जितसहित स्पष्ट ३ अंक जोड्न सफल भयो।

प्रकाशित: Dec 16, 2019| 08:52 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।