बुधबार, असार ३१, २०८३

पीपीएल क्रिकेट : धनगढीको विजयी सुरुवात

पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा एक्सपर्ट धनगढी ब्लुजले विजयी सुरुवात गरेको छ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

पोखरा- पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा एक्सपर्ट धनगढी ब्लुजले विजयी सुरुवात गरेको छ। लिगको दोस्रो दिनको पहिलो खेलमा धनगढीले विराटनगर टाइटन्सविरुद्ध ५ रनको जित निकालेको हो।

पहिलो टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।

उसका लागि कमलसिंह ऐरीले अभिजित २६ रनको योगदान दिए। त्यस्तै श्रीमन्थ विजयरत्नेले २५ रन बनाए। रोड्रिगो थोमसले १६, सौरभ खनालले १२ तथा मञ्जीत श्रेष्ठले ११ रनको योगदान गरे।

विराटनगरका लागि साहब आलमले ३ विकेट लिए भने नोमन खानले २ विकेट लिए। त्यस्तै किशोर महतो, पुनीत मेहरा र मोहम्मद जायद आलमले १–१ विकेट लिए।

११८ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको विराटनगर निर्धारित २० ओभरमा जम्मा ११२ रन बनाउन सक्यो।

विराटनगरका लागि राजु रिजालले २५, सुनिल धमलाले १८, पुनीत मेहराले १५, नोमन खानले ११ तथा प्रदीप ऐरीले १० रन जोडे।

विराटनगरलाई सस्तैमा समेट्न धनगढीका लागि दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए भने सागर ढकालले २ विकेट लिए।

कमल सिंह ऐरी, अमित यादव र अनिल खरेलले १–१ विकेट लिए।

पीपीएल अन्तर्गत दोस्रो खेलमा काठमाडौं गोल्डेन्स वारियर्स र बुटवल ब्लास्टर्स भिडिरहेका छन्।

पीपीएलको पहिलो खेलमा पोखरा पल्टनले काठमाडौंलाई ९ विकेटले पराजित गरेको थियो।

प्रकाशित: Dec 16, 2019| 08:35 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।