मंगलबार, चैत १०, २०८२

पीपीएल क्रिकेटमा पोखराको विजयी सुरुवात

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा घरेलु टोली पोखरा पल्टनले विजयी सुरुवात गरेको छ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

पोखरा- दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा घरेलु टोली पोखरा पल्टनले विजयी सुरुवात गरेको छ।

National life

पोखराले काठमाडौं गोल्डेन्स वारियर्सविरुद्ध ९ विकेटको जित निकालेको हो।

पोखराले काठमाडौंले दिएको ११६ रनको लक्ष्य १४.१ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गरेको हो।

पोखराका लागि कुशल भुर्तेलले अर्धसतक पुरा गरेका छन्। उनले अभिजित ६५ रनको योगदान गरे। भुर्तेलले ४३ बलमा ५ छक्का र ४ चौका प्रशार गरे।

त्यस्तै रवी इन्दर सिंहले अभिजित ३८ रन बनाए। आशिख सेखले १४ रन जोडे।

Laxmi sunrise bank
kumari

काठमाडौंका लागि शुसन भारीले जम्मा १ विकेट लिए।

त्यसअघि काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन जोडेको थियो।

काठमाडौंका लागि सुबोध भाटीले सर्वाधिक ४५ रनको योगदान गरे। उनले २९ बलमा ४ छक्का र ४ चौकाको मद्दतमा ४५ रन बनाए।

त्यस्तै गौरव तोमरले १३ र शुसन भारीले १० जोडे। अन्य व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल ५ बलमा १ रन बनाएर आउट भए।

पोखराका लागि रशिद खान, ललित राजवंशी र कुशल मल्लले २–२ विकेट लिए। त्यस्तै प्रथमेश डाके र रर्वजित लड्डाले १–१ विकेट लिए।

प्रकाशित: Dec 15, 2019| 09:47 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।