बुधबार, असार ३१, २०८३

पीपीएल क्रिकेटमा काठमाडौंद्वारा पोखरालाई ११६ रनको लक्ष्य

आइतबार सुरु भएको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले पोखरा पल्टनसामु ११६ रनको लक्ष्य पेश गरेको छ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

पोखरा- आइतबार सुरु भएको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले पोखरा पल्टनसामु ११६ रनको लक्ष्य पेश गरेको छ।

पोखरा क्रिकेट रंगशालामा जारी खेलमा काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन जोडेको हो।

काठमाडौंका लागि सुबोध भाटीले सर्वाधिक ४५ रनको योगदान गरे। उनले २९ बलमा ४ छक्का र ४ चौकाको मद्दतमा ४५ रन बनाएका हुन्।

त्यस्तै गौरव तोमरले १३ र शुसन भारीले १० जोडे। अन्य व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल ५ बलमा १ रन बनाएर आउट भए।

पोखराका लागि रशिद खान, ललित राजवंशी र कुशल मल्लले २–२ विकेट लिए। त्यस्तै प्रथमेश डाके र रर्वजित लड्डाले १–१ विकेट लिए।

पोखरा केहीबेरमा जवाफी व्याटिङमा उत्रिँदैछ। गत वर्षको पहिलो संस्करणको उपाधि पोखराले जितेको थियो।

प्रकाशित: Dec 15, 2019| 08:10 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।