शुक्रबार, साउन १, २०८३

तिलोत्तमा ब्याडमिण्टनको उपाधि गुरुङ र थापालाई

 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

भैरहवा– रुपन्देहीको तिलोत्तमामा सञ्चालित नगरस्तरीय दोस्रो मेयर कप खुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुन्दर गुरुङ र लोक थापाको जोडीले हात पारेको छ । जितसँगै उक्त जोडीले नगद ५० हजार समेत प्राप्त गरेको छ ।

प्रतियोगितामा पदम थापा र थम्मन सारुको जोडीलाई उपविजेता बनाउँदै गुरुङ र थापाको जोडी प्रथम भएको हो । उक्त जोडीले नगद ३० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा लालमणि पन्थी र अशोक प्रधान तथा मणि राना र विष्णु थापाको जोडी तृतीय हुँदै नगद १०–१० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट हुने जीवन पराजुलीले नगद ५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुस्कार प्रदान गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले खेल र खेलाडीको लागि धेरै भन्दा प्रतियोगिता तथा कार्यक्रम गर्ने बताए ।

तिलोत्तमा ब्याडमिण्टन क्लबको कवर्ड हल तिलोत्तमा–६ दश नम्बरमा भएको प्रतियोगितामा ४६ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा एकै साथ तीनवटा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा तिलोत्तमा नगरपालिकामा बसोबास भएका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गरेका थिए ।

गत वर्ष भएको प्रथम मेयर कप ब्याडमिण्टन प्रतियोगिताको उपाधि मनिककुमार राना र सुन्दर गुरुङको जोडीले प्राप्त गरेको थियो ।

प्रकाशित: Dec 15, 2019| 07:37 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।