बुधबार, असार ३१, २०८३

ए डिभिजन लिगमा मच्छिन्द्रको विजयी सुरुवात

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लवले विजयी सुरुवात गरेको छ।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लवले विजयी सुरुवात गरेको छ।

सिजनको पहिलो खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाईज क्लवविरुद्ध २–० गोलको जित निकालेको छ। मच्छिन्द्रका लागि योगेश गुरुङ र दिपक राईले १–१ गोल गरे।

दशरथ रंगशाला हिलाम्ये भएपछि लिगको पहिलो खेल सातदोबाटो स्थित एन्फा मैदानमा भएको थियो।

पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्याइज विरुद्ध खेलको २९ औं मिनेटमा मच्छिन्द्रका योगेश गुरुङले गोल गरे।

दोस्रो हाफमा पनि पछि परेको ब्रिगेड ब्याइज विरुद्ध खेलको ५० औं मिनेटमा मच्छिन्द्रका दीपक राइले दोस्रो गोल गरे।

त्यसपछि ब्रिगेड ब्याइज खेलमा फर्कन सकेन। जितसँगै मच्छिन्द्रले पहिलो तीन अंक जोडेको छ।

प्रकाशित: Dec 14, 2019| 11:46 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।