बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय खेलाडीलाई रोजगारीको व्यवस्था गर्नुपर्छ : प्रकाशमान सिंह

राष्ट्रिय खेलाडीलाई रोजगारीको व्यवस्था गर्नुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै रोजगारीको व्यवस्था गरिदिनु पर्ने बताएका छन्।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै रोजगारीको व्यवस्था गरिदिनु पर्ने बताएका छन्।

यद्यपि १३ औं सागमा पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई सरकारले नगद पुरस्कारका साथै शहर परिक्रमा गराएर सम्मान गरेकोमा उनले खुसी व्यक्त गरे।

१३ औं सागमा पदक विजेता कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई शनिबार आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सरकारले खेलाडीको मनोबल उकास्ने काम गरेको भन्दै खुसी व्यक्त गरेका हुन्।

उनले खेलाडीलाई नगद पुरस्कारका अतिरिक्त रोजगारीको सुनिश्चितता गर्न सकेमात्र खेल क्षेत्रबाट अपेक्षा अनुरुपको नतिजा आउने भन्दै त्यसतर्फ सोच्न सरकारलाई सुझाव दिए।

बिश्वमा खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नका लागि रोजगारीको व्यवस्था गर्ने गरेको उदाहरण छ, अब हामीले पनि यतातर्फ सोच्नु पर्छ, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले भने।

कराँते महासंघ ललितपुरले आयोजना गरेको कार्यक्रममा १३ औं सागमा पदक जितेका कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

यही मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजित सागको १३ औं संस्करणमा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यसहित कूल २०६ पदकसहित नेपाल दोस्रो भएको थियो।

पहिलो भएको भारतले १७३ स्वर्ण, ९३ रजत र ४५ कांस्यसहित कूल ३११ पदक जितेको थियो।

प्रकाशित: Dec 14, 2019| 09:46 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।