मंगलबार, चैत १०, २०८२

'ए' डिभिजन लिगको उद्घाटन खेल एन्फा कम्प्लेक्समा

सहिद स्मारक 'ए' डिभिजन लिगको उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको छ।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिगको उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको छ।

National life

आज (शनिबार) बाट सुरु हुने प्रतियोगिताको उद्घाटन यसअघि दशरथ रंगशालामा हुने भनिएपनि लगातारको वर्षाका कारण रंगशालाको अवस्था खराब भएपछि उद्घाटन खेल तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुन लागेको हो।

शनिबार हुने उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ।

१४ क्लबले प्रतिस्पर्धा गर्ने लिगमा कुल ९१ खेल हुनेछन्। फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताको शिर्ष टोलीले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौंले ७ लाख र छैटौंले ५ लाख पाउनेछ।

यस्तै हरेक खेल जित्ने टिमलाई बोनस वापत थप ५० हजार दिइनेछ भने बराबरी भए १५/१५ हजार दिइनेछ। क्लबलाई तयारी खर्चको लागि एन्फाले २०/२० लाख समेत उपलब्ध गराउने भएको छ।

Laxmi sunrise bank
kumari

यस्तै प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिनेछ। फेयर प्ले टिमले १ लाख पाउनेछ। हरेक खेलको म्यान अफ दि म्याचले १० हजार पाउने छन्।

प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको छ भने प्रतियोगिताको सम्पूर्ण खेल नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ।

प्रकाशित: Dec 14, 2019| 04:01 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।