बुधबार, असार ३१, २०८३

'डिस्को'मा रमाउने फुटबल खेलाडीलाई जरिवाना र प्रतिबन्ध

अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन कमिटीले डिस्को जाने चार खेलाडीलाई प्रतिबन्ध लगाउनुका साथै जरिबाना लगाइएको छ।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन कमिटीले डिस्को जाने चार खेलाडीलाई प्रतिबन्ध लगाउनुका साथै जरिबाना लगाइएको छ। फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेल खेल्न भुटान जानुभन्दा एक दिन अघि राति डिस्को गएका भन्दै एन्फाले विमल घर्ती मगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई केही समयका लागि निलम्बन गर्नुकासाथै जरिवाना लगाएको हो।

यस अघि चारै खेलाडीले कुवेतसँगको खेल र १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाएका थिए। उनीहरुले शनिबारदेखि सुरु हुने ए डिभिजन लिगसमेत खेल्न नपाउने भएका छन्।

एन्फाले विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाएको छ भने अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको छ।उनीहरुको प्रतिबन्ध १३ डिसेम्बर अर्थात शुक्रबारदेखि लागु भएको छ। यस्तै चारै खेलाडीलाई ५० हजार जरिवाना समेत तोकिएको छ।

प्रतिबन्धसँगै चारै खेलाडीले सो अवधिमा एन्फाले आयोजना गरेको कुनैपनि प्रतियोगिता खेल्न नपाउने भएका छन्।

क्याम्पबाट झुटो बोलेर उनीहरुले नाइट क्लबमा रात बिताएका थिए। भुटान जानका लागि पैसा साट्न र सामान लिन जाने भन्दै टिम बसेको होटेलबाट उनीहरु बाहिरिएका थिए। तर राति चारै जना खेलाडीले नाइट क्लबमा रात बिताएको खबर प्रशिक्षक योहान कालिनले थाहा पाएपछि उनीहरुलाई तत्काल टिमबाट हटाइएको थियो।

प्रकाशित: Dec 14, 2019| 02:29 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।