मंगलबार, चैत १०, २०८२

आईपिएल क्रिकेट : ३३२ खेलाडीको लिलामी लिस्ट सार्वजनिक

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीआईसीसीले आगामी २०२० को इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटका लागि ३३२ जना खेलाडीको अन्तिम लिलामी लिस्ट सार्वजनिक गरेको छ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीआईसीसीले आगामी २०२० को इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटका लागि ३३२ जना खेलाडीको अन्तिम लिलामी लिस्ट सार्वजनिक गरेको छ।

National life

लिलामीका लागि दर्ता भएका ९९७ खेलाडीबाट चयन गरेर ३३२ जनाको सूची सार्वजनिक गरिएको हो।

१९ डिसेम्बरमा कोलकतामा स्थानीय समयअनुसार दिउँसो ३.३० बजे लिलामी प्रक्रिया सुरु हुनेछ।

आईपिएलमा पहिलो पटक सिउँसोको समयमा लिलामी कार्यक्रम गर्न लागिएको हो। यो लिस्टमा भारतका १८६ खेलाडी रहेका छन्। त्यस्तै १४३ खेलाडी विदेशी छन्।

त्यसैगरी आईसीसीका एसोसियट सदस्यका ३ जना खेलाडी समावेश छन्।

Laxmi sunrise bank
kumari

यसपटक पहिलो पटक अमेरिका र स्कटल्याण्डबाट आईपिएलका लागि लिलामी लिस्टमा खेलाडी समावेश भएका छन्।

अमेरिकाका अली खान र स्कटल्याण्डका जर्ज मुन्सी यसपटक लिलामी लिस्टमा परेका हुन्।

आईपिएलको लिलामी लिस्टमा नेपालबाट कुनै पनि खेलाडी परेका छैन। २०१८ को लिलामी लिस्टमा नेपालबाट सन्दीप लामिछाने र शक्ति गौचन परेकामा सन्दीपले दिल्लीबाट खेल्न पाएका छन्।

यसपटक पनि उनलाई दिल्लीले रिलिज नगरेपछि दिल्लीबाटै खेल्नेछन्।

यसपटक लिलामीका लागि राखिएको लिस्टमा सबैभन्दा बढी मूल्य २ करोडबाट सुरु हुने खेलाडीमा भारतीय परेका छैनन्।

२ करोडबाट न्युनतम मूल्य पर्ने ७ जनामा सबै विदेशी खेलाडी छन्।

१.५ करोड मूल्य न्युनतम प्राप्त गर्ने कुल १० खेलाडीमा पनि भारतका एकजना खेलाडी मात्र परेका छन्।

त्यस्तै १ करोड पर्ने कुल २३ जनामा भारतका ३ जना मात्र परेका छन्।

भारतका अधिकांश खेलाडीहरु क्लबबाट रिलिज नभएका कारण धेरै मूल्य पर्ने खेलाडीहरु लिलामी लिस्टमा नपरेका हुन्।

प्रकाशित: Dec 13, 2019| 11:13 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।