बुधबार, असार ३१, २०८३

मछिन्द्रको टिम घोषणा, राष्ट्रिय टिमका ९ खेलाडी समावेश

मछिन्द्र क्लबले ‘ए’ डिभिजन लिगका लागि राष्ट्रिय टिमका पूर्वकप्तानसहित ९ खेलाडी समावेश गरेर टिम घोषणा गरेको छ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं– मछिन्द्र क्लबले ‘ए’ डिभिजन लिगका लागि राष्ट्रिय टिमका पूर्वकप्तानसहित ९ खेलाडी समावेश गरेर टिम घोषणा गरेको छ।

मछिन्द्रले पूर्वकप्तान विराज महर्जन र यू–२३ टिमका कप्तान सुजल श्रेष्ठसहित ९ राष्ट्रिय खेलाडी भएको १७ सदस्यीय टिम घोषणा गरेको हो।

टिममा अविशेक रिजाल, विजय धिमाल, विराज महर्जन, विशाल राई, विशाल श्रेष्ठ, बुद्ध चेम्जोङ, देवेन्द्र तामाङ, दीपक राई, हेमन गुरुङ, रेजीन सुब्बा, रञ्‍जित धिमाल, सूर्य अधिकारी, योगेश गुरुङ, पिटर सेगुन, ओडेलाजा सोमिडे र आन्द्रियस निया छन्। यीमध्ये सेगुन, सोमिडे र निया विदेशी हुन्।

यस्तै, मछिन्द्रले लिगका लागि जर्सीसमेत सार्वजनिक गरेको छ। मछिन्द्रका अध्यक्ष प्रवोध वीर सिंह कंसाकर, कप्तान विराज महर्जन र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले जर्सी सार्वजनिक गरेका हुन्।

‘ए’ डिभिजन लिग २०७६ को उद्घाटन खेलमा मछिन्द्रले शनिबार ब्रिगेड ब्वाईज क्लबसँग खेल्नेछ।

मछिन्द्रको मुख्य प्रायोजकमा सान मिगेल रहेको छ। अब मछिन्द्रले ‘सान मिगेल मछिन्द्र क्लब’को नामबाट लिग खेल्नेछ।

प्रकाशित: Dec 13, 2019| 06:41 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।