मंगलबार, चैत १०, २०८२

सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराइँदै

दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता नेपाली खेलाडीलाई आज (शुक्रबार) नगर परिक्रमा गराइँदैछ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता नेपाली खेलाडीलाई आज (शुक्रबार) नगर परिक्रमा गराइँदैछ।

National life

राष्ट्रिय खेलकुद परिषद्ले पदक विजेता खेलाडीको सम्मानका लागि उनीहरूलाई नगर परिक्रमा गराउन लागेको हो।

त्रिपुरेश्वरस्थित राखेप परिषद्बाट दिउँसो ११ बजे नगर परिक्रमा सुरु हुनेछ। त्यहाँबाट न्युरोड, इन्द्रचोक, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, सिंहदरबार, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडीबुटी, नयाँ थिमी, राधेराधे, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः राखेप प्रांगणमा आएर टुंगिने छ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण, ५९ रजत र ९४ कास्यसहित २०९ पदक जितेर दोस्रो भएको थियो।

प्रकाशित: Dec 13, 2019| 03:52 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।