मंगलबार, चैत १०, २०८२

नेपाल (नीलो) र जेएफएलबीच मैत्रीपूर्ण फुटबल आज

नेपाल (नीलो) र जापानिज फुटबल लिग (जेएफएल)ले आज मैत्रीपूर्ण फुटबल खेल्दैछन्।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं– नेपाल (नीलो) र जापानिज फुटबल लिग (जेएफएल)ले आज मैत्रीपूर्ण फुटबल खेल्दैछन्।

National life

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे यी दुई टिमबीच प्रतिस्पर्धा हुन लागेको हो।

नेपाल (नीलो) टिममा यु–१९ र सिनियर टिमका खेलाडी सहभागी हुनेछन्। यसअघि जेएफएलसँग साग विजेता नेपाली टोलीलाई खेलाउने बताइएको थियो।

तर, नेपाली टोलीका आधाभन्दा बढी खेलाडी घाइते भएकाले अखिल नेपाल फुटबल संघले नेपाल (नीलो) टिम बनाएर खेलाउन लागेको हो। तर, टिमका खेलाडीबारे अझै सार्वजनिक गरिएको छैन।

टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी मेघराज केसीले पाएका छन्।

Laxmi sunrise bank
kumari

जेएफएलमा भने यु–२२ खेलाडी छन्। जेएफएलको प्रशिक्षकको जिम्मेवारी इबाताले पाएका छन्। उनले जापानको जे लिग क्लबसमेत हेरिरहेका छन्।

जेएफएलले आइतबार पूर्वलिग विजेता मनाङ मस्र्याङ्दीसँग पनि एक मैत्रीपूर्ण खेल खेल्नेछ।

जेएफएल जापानिज फुटबल संघको पहलमा नेपाल आएको हो।

 

प्रकाशित: Dec 13, 2019| 03:33 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।