मंगलबार, चैत १०, २०८२

'ए' डिभिजन लिग विजेतालाई ५० लाख, मुख्य प्रायोजकमा कतार एयरवेज

शनिबारदेखि सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको विजेताले ५० लाख प्राप्त गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार पत्रकार सम्मेलन गर्दै लिग विजेताले पाउने पुरस्कार राशीको घोषणा गरेको हो।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं - आउँदो शनिबार अर्थात् मंसिर २८ गतेदेखि सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको विजेताले ५० लाख प्राप्त गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार पत्रकार सम्मेलन गर्दै लिग विजेताले पाउने पुरस्कार राशीको घोषणा गरेको हो।

National life

यस्तै उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५, पाँचौंले ७ र छैटौंले ५ लाख पाउने छन्। यस्तै हरेक खेल जित्ने टिमलाई बोनस वापत थप ५० हजार दिइनेछ भने बराबरी भए १५/१५ हजार दिइनेछ। क्लबलाई तयारी खर्चको लागि एन्फाले २०/२० लाख समेत उपलब्ध गराउने भएको छ।

यस्तै प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिनेछ। फेयर प्ले टिमले १ लाख पाउनेछ। हरेक खेलको म्यान अफ दि म्याचले १० हजार पाउने छन्।

उद्घाटन खेलमा शनिबार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब खेल हुनेछ।

यसैबीच प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ। सम्झौताअनुसार कतार एयरवेजले एन्फालाई एक लाख पचास हजार अमेरिकी डलर प्रदान गर्ने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 12, 2019| 11:33 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।